पाणिनिका अध्यक्ष अच्युत गौतम कुटोकोदालोमा

595

२०७६ वैशाख १७ गते

जननी संवाददाता
अर्घाखाँची —पहिला काम गरौं, अनि भाषण गरौं । यसैका उदाहरण बन्नुभएको छ, अर्घाखाँची पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम । अच्युतले पाखोपाबारीमा तरकारी, कुखुरा खेती गरेर वैदेशिक रोजगारमा जाने केही युवालाई रोकेका छन ।

 
मुखले बोलेर हैन, आफै काम गरेर देखाएपछि बल्ल अरुले सिक्छन र गर्छन भन्ने मान्यता उनीहरुमा छ । उमेरले ४४ पुगेका अच्युतले पोखराथोकको भिरालो बारीमा बाह्रै महिना तरकारी खेती गर्नुभएको छ ।
अरुले भाषण गर्छन्, म गरेर देखाउछु, अच्युत गौतम
अच्युतका दौतरी साथीहरु कोही जोगिरे र कोही लाहुरे छन । क्याम्पस पढदा पढदै राजनीतिमा लागेका अच्युत गौतम कांग्रेसबाट पाणिनि गाउ“पालिका अध्यक्षमा चुनिनुभयो । उनी कांग्रेसको क्षेत्रीय सभापति पनि हुनुहुन्छ । अध्यक्ष भएपछि पनि छिटो पालिकाको काम सकेर बारीमा छिनुहुन्छ । उहालाई जागिर खाने अवसर नमिलेको हैन । ध्यान कृषिकर्मतिरै तानियो । पन्ध्रवर्ष देखि व्यावसायीक कृषिमा लागेका उनी नुमना कृषकको रुपमा चिनिनुहुन्छ । कृषि फर्म हेर्न दैनिक भीड हुन्छ । जिल्लाका अरु जनप्रतिनिधिले पनि गौतमको फार्म देखाउन कृषकलाई भ्रमण लैजान्छन र भन्छन अच्युतले जस्तै गर्नुपर्छ । म सग जागिर माग्न आउनेलाई कृषि र पशुपाल्न सल्लाह दिन्छु, केही त गरेका छन,’ उहाले भन्नुभयोे, ‘फरक तरिकारले खेती गरेपछि पैसा यही फल्छ । विदेश धाउनु पर्दैन ।’

आफु नेता भएर अरुलाई कृषि गर, पशु पाल भनेर मात्रै हुदैन, शुरुवात आफैबाट गरेपछि बल्ल अरुले गर्छन उनको भनाई छ । विहानै उठेर तरकारी बारीमा डुल्छन् । गोलभेडाको झाल कत्रो भयो, कति दाना फले हेर्छन र कसरी ठुला, धेरै दाना फलाउन सकिन्छ भन्नेमै उनको ध्यान छ । बारीमा काउली, साग, मुला, आलु, करेला फलेका छन । कुखुरा पनि हेर्छन । दिउ“सो पालिका कार्यालय, विभिन्न कार्यक्रममा पुग्छन । विदाको दिन दिनभर खेतीपातीमा भुल्छन् । स्थानीय हरिहर संस्कृत तथा साधारण उमावि व्यवस्थापन समिति अध्यक्ष, विभिन्न संघसस्थामा सामाजिक काम गरेकाले उनलाई पालिका अध्यक्ष जित्न सफलता मिलेको हो ।
तरकारीबाट १२ लाख
बारी भिरालो छ । अहिले गोलभेडा, साग, मुला, आलु उत्पादन भएका छन । १५ वटा टनेल भित्र बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी फल्छ । अन्न उत्पादन भन्दा तरकारीबाट तेब्बर आम्दानी भएपछि अन्नखेती छाडेका छन । मल बोक्ने, बारी खन्ने, डल्ला ठोक्ने देखि विरुवामा सिचाइ“ रेखदेख म आफै गर्छु, मिहिनेत गरेपछि पाखोबारीमै भविष्य उज्ज्वल हुन्छ, उहाले भन्नुभयो । गोलभेडा खेती धेरै छ । नेता भएर भाषण गर्न हिडछु घर आएपछि बारीमा छिर्ने उनले बताउनुभयो । नजिकै त्यति ठुलो बजार पनि छैन ।

पोखराथोकमा पाल्पाको तानसेनबाट दैनिक गाडी आउजाउ गर्छ । बसको छतमा तरकारी करिब ३० किमी टाढा बुटवल र तानसेन पठाउछन् । शुरुमा कोही थिएन् । उहाको देखेर भिसा रद्द गरेर यता लाग्ने युवाको संख्या बढदो छ । अन्नखेती गरेको भए खान पुग्दैनथ्यो, तरकारी खेतीबाट वर्षमा १२÷१३ लाख रुपैया“को कारोबार हुन्छ, उहाले भन्नुभयो । उत्पादन गर्न सक्नुपर्छ, बिक्री नहोला भन्ने चिन्ता छैन । विदेशबाट फर्किएका युवा कृषि र पशुपालनमा लागेको उनी खुसी छन । दस रोपनी क्षेत्रफलमा तरकारी उत्पादन भएको छ । पहाडको तरकारी खानलाई मिठो र स्वादिलो मान्दै बुटवलबाट व्यापारीले फोन गरेर अडर गर्छन ।
अण्डाबाट पनि उस्तै
४ हजार अण्डा दिने कुखुरा पालेका छन । दैनिक ३ हजार अण्डा उत्पादन हुन्छन् । कुखुरा थप्दैछन् । शुरुमा ब्रोइलर कुखुरा थिए । ती हटाएर अण्डा दिने पाल्न शुरु गर्नुभयो । स्वच्छ हावापानी र खानपिनले अण्डाको आकार ठुलो हुन्छ । आधाजसो अण्डा गाउ“मै खपत हुन्छ । गाउ“मै मोटर चल्नुको फाइदा छ । गाडी नचलेको भए उत्पादन बाहिर पठाउन संभव थिएन । अण्डाबाट पनि वर्षमा आठ दखि दस लाख रुपैया“सम्म आम्दानी हुने बताउनुभयो । अण्डा पनि गाडीमै बुटवल जान्छ । अण्डाको ठुलै फार्मको रुपमा विकास गर्ने उनको योजना छ । पालिकामा आएर कृषि गर्छु भन्ने सर्वसाधारणले उनको फार्म हेर्न आउ“छन् ।

गाउँ नै कृषिमय

कुनै बेला पाणिनि गाउँपालिकाका पोखराथोक, पटैटी लगायत सबै गाउँमा तरकारी किनेर खान्थे । अहिले त्यस्तो छैन । गौतमको देखासिकी गरेर छिमेकी पनि यतै लागे । विस्तारै दस वर्षमा कृषि र पशुपालनमा पाणिनि फेरियो । पोखराथोक तरकारी र गोलभेडा उत्पादनले चिनिन्छ । पाणिनिमा दुई सय भन्दा बढी युवा कृषिकर्मतिर छन । पटैटीमा दूध उत्पादन छ । नियालीमा चार जना विदेशबाट फर्केका युवाले छ्रुपी उत्पादन गर्छन । पालिकाभरको दूध त्यही जान्छ । आठ वटा डेरी छन । धातीवाङ, खिदिममा दूध र तरकारी, पणेनाका जिल्लाकै धेरै सुन्तला उत्पादन हुन्छ ।

खिदिम, पणेना र पोखराथोकमा दालचिनी पनि उत्पादन छ । कृषिबीच दूध धेरै बेच्ने, तरकारी धेरै फलाउने र सुन्तलाबा दाना ठुला कस्ले बनाउने भन्ने बीचमा प्रतिष्प्रधा छ । पैसा कमाउन विदेशी भुमिमै जानुपर्छ, जागिरै खानुपर्छ कृषिबाट केही हुदैन भन्ने युवाको सोच बदल्न पालिका अध्यक्ष भएपनि आफुले कृषि पेसा नछाडने उहाको भनाई छ ।

कृषि, पशुपालनबाट सम्बृद्धिको योजना

पाणिनि गाउपालिका उत्पादनका हिसाबले उर्वरभुमी मानिन्छ । यहाका सर्वसाधारण अर्घाखा“ची सदरमुकाम सरकारी काम बाहेक आउ“दैनन् । पायक तानसेन पर्छ । ९ वटै वडामा दूध, तरकारी, अदुवा बेसार सहित मसलाबाली उत्पादन भएको छ । ख¥यान र सामुदायिक वनमा ओखर र दालचिनीका विरुवा रोपेका छन । खिदिम र पणेनाबाट तानसेन दालचिनी बिक्री हुन्छ । कृषि, पशुपालन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट छुटाएको छु, सबैलाई कृषि पेसामा लगाउने सोच छ, उहाले भन्नुभयो ।

कहा के उत्पादन हुन्छ माटो परीक्षण, कृषकलाई रोगकिराबाट बाली जोगाउने र धेरै फलाउने तालिम सञ्चालन भैरहेको उहाले बताउनुभयो । सबैले मैले जस्तै गरुन भनेर योजनाबद्ध रुपमा लागेको छु, । कृषिबाट राम्रो हुन्छ भन्ने धेरैलाई विश्वास नलागेर आफुबाटै शुरुवात गरेको उहाले बताउनुभयो । पालिकाबाट प्लाष्टिक टनेल, गोठसुधार, खोर निर्माण र ५० वटा लोकल कुखुरा पाल्ने कृषकलाई प्रतिकृषक १० हजारका दरले अनुदान दिइएको उनले बताए । आउ“दो बजेटमा कृषिलाई पहिलो प्राथमिकता हुन्छ, उहाले भन्नुभयो ।

५ जनालाई रोजगारी
गौतमकी श्रीमती शिक्षण पेसामा छिन । विदाको दिन पतिपत्निले मिलेरै बारीमा काम गर्छन । ५ जनाले मासिक तलव पाउ“छन । सात÷आठ जना दैनिक ज्यालादारीमा काम गर्छन । तरकारी खेती र कुखुरापालनमा कामको जिम्मेवारी छ । आफनै गाउ“मा रोजगारी पाएपछि उनीहरु दंग छन ।
अध्यक्ष भएपछि पनि निरन्तरता
लाभको पदमा गएपछि धेरैले पहिलेको पेशा छाडछन् । अझै कुटोकोदालो त गर्दै गर्दैनन् । गौतमले पालिका अध्यक्ष भएपछि पनि तरकारी खेती गर्न छाडनुभएको छैन । अध्यक्षको जिम्मेवारी पाएपछि सम्बृद्ध पालिका बनाउछु भनेको छु आफुले जो कृषि छाडेपछि अरुलाई कसरी कुटोकोदालोतिर लाग भन्ने ? युवालाई यही खेती गरेर स्वरोजगार बनाउने मेरो लक्ष्य हो, उहाले भन्नुभयो ।

SHARE