मजदुरलाई विभेद गर्नु हुंदैन : अध्यक्ष गौतम

79

२०७६ वैशाख १८ गते
मनिष अधिकारी

पोखराथोक- अर्घाखाँचीकाे पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले राज्यले सबै मजदुरलाई समान दृष्टिकोले हेर्नुपर्ने बताउनुको । मजदुर दिवसको अवसर पारेर ट्रेड युनियन काङ्ग्रेस पणिनीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले बिधालय,स्वास्थ,तथा फिल्ड मै काम गर्ने कर्मचारी,मजदुरलाई एउटै योग्यता तथा एकै समय काममा लगाएपनि सेवा सुबवधामा केन्द सरकारबाट नै विभेद भएको बताउनुभयो ।

ट्रेड युनियनका अध्यक्ष हरि घिमिरेको अध्यक्षतामा खिदिममा संचालित कार्यक्रममा स्थानीयतहका मजदुरको लगत संकलन गरी राज्यबाट टाढा रहेका सबै मजदुरलाई संगठित गरि आवश्यक सहयोगमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सचिव धुर्ब घिमिरे, सदस्य बिष्णु खनाल, पुनाराम भुसाल लगायतले बोल्नुभएको थियो ।

SHARE