ओली भ्रष्ट्रचारीकै संरक्षक : कांग्रेस नेता भुसाल

212

२०७६ वैशाख २२ गते

अर्घाखाँची- नेपाली कांग्रेसका पुर्वकेन्द्रीय सदस्य एवं पुर्वमन्त्री रेवतीप्रसाद भुसालले प्रधानमन्त्री केपी ओलीले भ्रष्टचारको अनुहार हेर्दिन भनेपनि भ्रष्टचारीको संरक्षण गर्नमा लागि परेकोे बताउनुभयो । उहाले दुई तिहाइको दम्भले ओली सरकारले लोकतन्त्रलाई खतरामा पारेको बताउनुभयो ।

 

नेपाल प्रेस युनियनले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, अदालतमा हस्तक्षेत्र गर्ने, पत्रकारलाई फौजदारी अभियोग लगाउने, व्यवस्थापिका संसदमा हस्तक्षेत्र गर्ने, भ्रष्टचारीलाई कानुनी दायरामा ल्याउन छाडेर ढाकछोप गर्ने जस्ता कार्यले ओली सरकार तानाशाह शासन लादन खोजेको बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिकता मात्रै र जनतालाई गुमराहमा पार्ने काम भएको प्रतिक्रिया दिनुभयो ।

संसदीय समितिले भ्रष्चारको छानविन गर्न खोज्दा त्यसलाई रोक्ने के केपी ओली सर्बाेच्च अदालत हो ? के ओली अख्तियार हो ? बालुवाटार जग्गा काण्ठ लगायतका काण्ठले ओली भ्रष्चारीको संरक्षक हुन भन्ने प्रष्ट पार्छ, उहाले भन्नुभयो । सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएकाले कांग्रेसले जागरण अभियान थालेको बताउनुभयो । अधिकारको रक्षा गर्ने, विकासका काममा जनतालाई सघाउने, लोकतन्त्रलाई बचाउन जनतालाई सचेत पार्न अभियान गर्नुपरेको उहाले बताउनुभयो ।

कांग्रेस दुई कम्युनिष्टहरु एक भएर चुनावमा हारेको होइन, व्यवस्थापनमा कमजोरी भएर पराजय हुनुपरेको बताउदै नेता भुसालले अब कांग्रेस जागरण अभियान र पाटीको महाधिवेशनबाट नया ढंगले जोश, जागर उत्साहका साथ अगाडी बढने बताउनुभयो ।
जनताको काममा कांग्रेस सबै क्रियाशिल रहेको छ । सरकार संविधानको भावना विपरित गएको आरोप लगाउनुभयो । पार्टी अध्यक्षको रुपमा ओली राष्टियताकै मुद्धाले लोकप्रियता हासिल गरेपनि प्रधानमन्त्री भएपछि राष्टियतामा आच आउने काम गरेको बताउनुभयो ।

कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष सरिता भुसालको स्वागत र सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कांग्रेस पुर्वजिल्ला सभापति कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य केशव श्रेष्ठ, क्षेत्रीय सभापति केशवराज कुंवर, जिल्ला सदस्यद्धय कृष्णप्रसाद खनाल, विष्णु क्षेत्री, महिना नेतृ जीवा अर्याल, नेविसंघका अध्यक्ष भरतमणि भटराई लगायतको उपस्थिति रहेको थियो ।

SHARE