तरुण दलको क्यालेण्डर विमोचन

31

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अर्घाखाची काठमाडौ सम्पर्क समितिले नया वर्ष २०७६ को क्यालेण्डर सन्धिखर्कमा विमोचन गरेको छ ।
दलका अध्यक्ष अर्जुन पोखरेलको नेतृत्वमा तयार पारिएको क्यालेन्डरलाई नेपाल तरुण दल अर्घाखाचीले सन्धिखर्कको विपी स्मृती भवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेता रेवतीप्रसाद भुसाल, जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ पुर्वसभापति एवं जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोखरेल, जिल्ला सचिव छविलाल पौडेल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतका नेताले सामुहिक विमोचन गरे ।
अन्तरक्रिया कार्यक्रममा नेता भुसालले पाटी संगठनमा क्रियाशिल रहेकोमा पोखरेल नेतृत्वलाई धन्यावाद दिनुभयो ।

SHARE